शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रधानमन्त्रीले प्रचण्डको पोल खोलिदिएपछि सत्ता गठबन्धन धरापमा, सुरु भयो प्रचण्डको रुवाबासी !


  • आइतबार, कार्तिक २१ २०७८
15.1K
SHARES

फाइल तस्विर

अहिले एमसीसी प्रकरणले राजनितीक माहोल तातेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सम्झौताबारे प्रचण्डको पोल खोलेपछि सत्ता गठबन्धनमा खैलाबैला भए संगै प्रचण्डलाई तनाब सिर्जना भएको देखिन्छ ।

कोप–२६ सम्मेलनमा भाग लिएर नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादी केन्द्रका अध्यक्ष र आफुले एमसीसी पास गर्ने बिषयमा हस्ताक्षर गरेर पठाईसकेको अभिब्यक्ति दिए पछी प्रचण्डको रुवाबासी सुरु भएको हो ।

धानमन्त्रीले एमसीसी पारित गराउने भनेर न्युयोर्कस्थित एमसीसी हेडक्वार्टरमा आफू र माओवादी अध्यक्ष प्रचण्डले पत्र लेखेर पठाएको सार्वजानिक रुपमै भनेका थिए ।

यो तथ्य सार्वजनिक भएसँगै एमसीसीको विरोधको नाटक गरेका प्रचण्ड र माओवादी पार्टीको गोप्य कुरा बाहिरिएको छ । प्रचण्डको दोहोरो भूमिकाप्रति सत्ता गठबन्धनको साझेदार नेकपा एकीकृत समाजवादीका आदर्शवादी कुरा गर्ने अध्यक्ष माधव नेपाल रुष्ट भएको स्रोतको दाबी छ ।

माधवको चिन्ता, गठबन्धनभित्र असन्तुष्टि र स्वयं आफ्नै पार्टीभित्र असन्तुष्टिका बीच प्रचण्डले प्रधानमन्त्री देउवाले गरेको खुलासालाई खण्डन गर्न बाध्य भएका छन् । उनले प्रधानमन्त्री देउवाले सिधा सिधा भनेको कुरालाई बंग्याउँदै सम्झौतामा सर्वसम्मति जुटाउने भनेको दाबी गरेका छन् ।

कति सम्म भने प्रचण्डले सुरुमा त एमसीसी पास गर्नुपर्छ भनेर अमेरिकालाई पत्र नलेखेको दाबी गरे । तर पछि राष्ट्रिय सहमति जुटाएर सम्झौता अनुमोदनमा प्रयत्न गर्ने भनेको भनेर कुरा मिलाए ।

यद्यपि देउवाले भने सहमति जुटाउनेबारे अमेरिकालाई पत्र लेखेको स्पष्ट जानकारी दिएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा