मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पारित गर्ने विषय अहिले चर्चाको केन्द्रमा छ । प्रधानमन्त्री शेरवहादुर देउवा कुनै पनि हालतमा एमसीसी सांसदबाट पास गराई छाड्ने रणनीतिमा छन् ।
सत्ता गठबन्धनका शीर्ष नेता माओवादी अध्यक्ष प्रचण्ड एमसीसीको विपक्षमा देखिन्छन् । समाजवादीका अध्यक्ष माधव नेपाल पनि एमसीसी पास अहिलेकै अबस्थामा नगर्ने मुडमा छन् । सत्ता गठबन्धन भित्रका नेताहरुको तालमेल नमिलेका कारण सत्ता गठबन्धन नै धरापमा पर्न गएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी ओली एमसीसीको पक्षमै रहेको स्रोत बताउँछ । निवर्तमान प्रधानमन्त्री समेत रहेका ओली प्रधानमन्त्री हुँदा ताका एमसीसी पास गराइ छाड्ने सार्बजानिक रूपमा अभिव्यक्ति दिएका थिए ।
वर्तमान सत्ता गठबन्धनका नेताहरूको मत बाझिनुले एमसीसी प्रकरणले सत्ता गठबन्धन टुट्न सक्ने देखिए सँगै ओली र देउवा नजिक भएर प्रचण्ड र नेपाल एक्लिन सक्ने स्रोत बताउँछ ।
प्रधानमन्त्री देउवाले एमसीसी बारे प्रचण्ड र आफूले पास गर्ने विषयमा हस्ताक्षर गरेर पठाएको अभिव्यक्ति दिए सँगै प्रचण्डले आफूले हस्ताक्षर नगरेको सर्बजानिक रूपमै बताई सकेका छन् । सत्ता गठबन्धनका नेताहरूको अभिब्यक्ति फरक आउनुले सत्ता गठबन्धनभित्र तरङ्ग सिर्जना भएको छ ।
राजनीतिका जानकारका अनुसार एमसीसीकै कारण सत्ता गठबन्धन फुट्न सक्ने र प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष नजिक भएर प्रचण्ड र माधव नेपाल एक्लिन सक्ने आकलन गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।