बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

रवीन्द्र मिश्र आफ्नै पार्टी जोगाउन नसक्ने, उनका ठुला कुरा जनताले पत्याइदिनु पर्ने ? : प्रकाशमान


  • शुक्रबार, कार्तिक १९ २०७८
8.7K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काम नगर्ने तर लोकप्रिय नारा दिएर मतदातालाई प्रभावित गर्ने काम भइरहेको बताउँदै आफ्नै पार्टी जोगाउन नसक्ने अनि उनका ठुला ठुला कुरा जनताले पत्याइदिनु पर्ने भन्दै रबिन्द्र मिश्र कटाक्ष गरेका छन् ।

शुक्रबार नेपाल संवतका अवसरमा बुद्धनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले काम गर्न सक्ने नेता र पार्टीलाई मतदाताले जिताउनुपर्ने बताए ।

नेता सिंहले विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रमाथि कटाक्ष गर्दै नयाँ नारा मात्रै दिएर राजनीति सम्भव नहुने बताए । ‘मेरो निर्वाचन क्षेत्रलाई एलिटहरू बस्ने ठाउँ भन्छन् । पढेलेखेका मतदाता छन् । चुनावका बेलामा नयाँ नयाँ पार्टीहरू आउँछन् । काम केही गरेको हुँदैन तर नयाँ र आकर्षक नारा दिएर मतदाता प्रभावित हुने अवस्था छ,’ उनले भने, ‘पार्टी सानो छ, तर पटक-पटक विभाजित भएको छ । आफ्नै पार्टी जोगाउन नसक्ने तर ठूला कुरा गर्नेहरूको पर्दाफास भएको छ ।’

उनले जनतालाई विश्वास दिलाउन सक्ने व्यक्ति मात्रै नेता हुने बताए । ‘पोलिटिक्सको ‘पी’ पनि नजान्ने तर नयाँ नारा दिनेहरूबाट जोगिनुपर्छ । जनतालाई विश्वासमा दिलाउनुपर्‍यो । गफ गरेर मात्रै हुँदैन । काम गर्नुपर्‍यो । काम गर्न सजिलो छ र ?’ नेता सिंहले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा