१९ कात्तिक, काठमाडौं । यूएईमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाले दोस्रो जित हात पारेको छ ।
यूएईको आबुधाबीमा बिहीबार राति भएको सुपर १२ अन्तर्गतको पाँचौ खेलमा साविक विजेता वेस्ट इन्डिजलाई २० रनले हराउँदै श्रीलंकाले दोस्रो जित निकालेको हो ।श्रीलंकाले वेष्ट इन्डिजलाई १९० रनको लक्ष्य दिएको थियो । वेस्ट इन्डिजले ८ विकेट गुमाउँदै १६९ रन मात्रै बनायो ।
वेस्ट इन्डिजका सिमरोन हिटम्यानले सर्वाधिक ८१ रन बनाएका थिए । तर उनी एक्लैको यो स्कोरले वेस्ट इन्डिजको हार टार्न सकेन ।श्रीलंकासँग पराजित भएको वेष्ट इन्डिज समूह चरणबाटै बाहिरिएको छ । चार खेल खेलको वेष्ट इन्डिजले एक खेलमात्रै जितेको छ । बाँकी एक खेल जिते पनि वेष्ट इन्डिजको अघिल्लो चरणको सम्भावना सकिएको छ ।
पाँचै खेल खेलिसकेको श्रीलंका पनि बाहरिसकेको छ भने कुनै पनि खेल जित्न नसकी बंगलादेख यसअघि नै बाहिरिसकेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।