शनिबार, साउन ९ २०८३
ताजा अपडेट

चोटसँग जुधिरहेका मेस्सीलाई पिएसजीको ‘ग्रीन लाइट’


  • शुक्रबार, कार्तिक १९ २०७८
7.2K
SHARES

फाइल तस्विर

पछिल्ला दिन लगातार शारीरिक फिटनेस समस्यासँग जुधिरहेका फ्रेन्च क्लब पिएसजीका सुपरस्टार लिओनल मेस्सीलाई क्लबले चाँडै अन्तर्राष्ट्रिय ब्रेकमा जान ‘ग्रीन लाइट’ अर्थात् अनुमति दिएको छ । अर्को साताबाट हुने फिफा विश्वकप छनौट खेल खेल्न पिएसजीले मेस्सीलाई ३ दिनअघि नै बिदा दिएको हो । गत राति च्याम्पियन्स लिगमा भएको समूह चरणको चौथो खेलमा मेस्सी चोटका कारण सामेल थिएनन् ।

उनको फिटनेसमा अझै समस्या छ । तर, उनले अर्जेन्टिनी टोटीमा आगामी विश्वकपका २ छनौट खेल भने खेल्ने भएका छन् । त्यसकै लागि उनले गत रातिको खेल र शनिबार लिगमा हुने खेल नखेली आराम गर्ने भएका हुन् ।पिएसजीमा मेस्सीले यी दुई खेल नखेली अर्जेन्टिनी टोलीमा गएर आराम मिल्ने र चोटमुक्त हुन पनि समय मिल्नेछ । यही अपेक्षा गरेर मेस्सीलाई पिएसजीका प्रशिक्षकले गत राति खेलाएन् भने लिग १ मा बोर्डेक्सविरुद्धको आगामी खेलमा पनि खेलाउने छैनन् । टोलीमा नखेल्ने भएपछि प्रशिक्षक मोउरिसियो पोचेटिनोले मेस्सीलाई चाँडै राष्ट्रिय टोलीमा जानका लागि क्लबबाट बिदा दिएका हुन् ।

फ्रेन्च मिडियाले दिएको जानकारी अनुसार मेस्सीलाई क्लब छाडेर अर्जेन्टिना जान क्लब र प्रशिक्षकले अनुमति दिइसकेका छन् । मेस्सी अन्य खेलाडीभन्दा ३ दिनअघि नै अर्जेन्टिना गएर आराम गर्नेछन् भने तयारी थाल्नेछन् । मेस्सीले चाँडै क्लब छाडेर अर्जेन्टिना फर्किनका लागि ‘ग्रीन लाइट’ पाइसकेको अर्जेन्टिनी मिडिया ‘टिवाईसी स्पोर्ट्स’ले पनि नाएको छ ।

पिएसजीमा मेस्सीले हालसम्म कूल ८ खेलबाट ३ गोल मात्रै गरेका छन् । उनका नाममा हालसम्म पिएसजीमा कुनै असिस्ट छैन । उनले गरेका सबै गोल च्याम्पियन्स लिगमा गरेका हुन् । लिग १ मा उनले ५ खेल खेले पनि आजसम्म गोल र असिस्ट केही पनि गर्न सकेका छैनन् । लिग १ मा हालसम्म १२ खेल भइसकेका छन् । तर, १२ खेल सकिँदा मेस्सीका नाममा गोलको खाता नै नखुलेकाल यस सिजन मेस्सीका नाममा लिग गोल विगत वर्षहरूमा जति नपुग्ने देखिएको छ ।

अर्जेन्टिनाले  विश्वकप छनौटमा खेल्ने दुई खेलका लागि आफ्नो ३४ सदस्यीय जम्बो टोली घोषणा गरेको छ । जसमा हालकै अवस्थामा अनफिट रहेका मेस्सी पनि टोलीमा समावेश छन् । यस चरणमा अर्जेन्टिनाले विश्वकप छनौटमा आफ्नो महादेशका सबैभन्दा दुई ठूला प्रतिस्पर्धी उरुग्वे र ब्राजिलसँग खेल्ने तालिका रहेको छ । मेस्सी यी दुवै खेलमा ठीकठाक खेल्न चाहन्छन् । तर, उनको फिटनेस समस्याले उनलई तनाव दिने सम्भावना धेरै छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा