शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

डेम्बेले फर्किए आफ्नै ठाउँमा : फेरि घाइते भएको क्लबद्वारा पुष्टि


  • शुक्रबार, कार्तिक १९ २०७८
6.6K
SHARES

फाइल तस्विर

स्पेनिस क्लब बार्सिलोनाको इतिहासमा सबैभन्दा धेरै घाइते भएर हस्पिटल भर्ना हुने खेलाडीको रेकर्ड बनाएका विंगर उसामान डेम्बेले फेरि घाइते भएका छन् । क्लबले अफिसियल रूपमा प्रेस नोट गरेर जानकारी दिँदै फ्रेन्च खेलाडीले चोट बोकेको बताएको छ । २४ वर्षका खेलाडीले पछिल्लो समय लामो समय मैदान बाहिर रहेर अघिल्लो साता मात्रै प्रशिक्षणमा फर्किएका थिए ।

डेम्बेलेले यो सिजन बार्सिलोनामा जम्मा एक मात्रै खेलेका छन् । उनले यो सिजन खेलेको पहिलो खेल अघिल्लो दिन च्याम्पियन्स लिगमा डाइमाको किभविरुद्धको हो । सो खेलमा उनले बेन्चबाट खेलेका थिए । युक्रेनको क्लबविरुद्ध अवे मैदानमा भएको सो खेलमा बार्सिलोनाले ०–१ को कठिन जित निकालेको थियो । सो खेलमा डेम्बेलेलाई ६५औं मिनेटमा गाभीको स्थानमा मैदान प्रवेश गराइएको थियो ।

तर, ३ महिनाभन्दा बढी मैदान बाहिर रहेर पनि बल्लबल्ल मैदान फर्किएका उनले एक खेल भन्दा बढी खेल्न सकेनन् । मैदान टेक्नासाथ उनी फेरि ढलिहाले । अर्थात्, आफू सधैं बस्ने अस्पतालकै बाटो समाए । लामो समयपछि मैदान फर्किएका उनले किभविरुद्ध निर्धारित समय र इन्जुरी समेत गरी जम्मा ३१ मिनेट मात्रै खेले । सो खेलपछि उनले अब एक महिना उपचार र बेडमा बिताउनेछन ।

यसपटक डेम्बेलेलाई हार्मस्ट्रिङ इन्जुरी भएको क्लबले जनाएको छ । डेम्बेले ‘लेफ्ट हार्मस्ट्रिङ’बाट पीडित बनेका हुन् । उनी कहिलेसम्म ठीक हुन सक्छन् भन्ने कुरा बार्सिलोनाले बताएको छैन । यस्तो केसमा डेम्बेले कम्तीमा एक महिनासम्म मैदान बाहिर हुने पक्का छ । यता, बार्सिलोनाका अर्का खेलाडी सर्जिनो डेस्ट पनि घाइते छन् । यी दुवै खेलाडीले ला लिगामा हुने सेल्टाविरुद्धको आगामी खेलमा उपलब्ध हुनेछैनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा