शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

महरालाई अर्को आपत, फेरी भयो मुख देखाइनसक्नु


  • बिहिबार, कार्तिक १८ २०७८
8.7K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरालाई अर्को आपत आइलागेको छ ।

 

पूर्व सभामुख समेत रहेका महराले दुई दिन अघि मात्रै सार्वजनिक रुपमै कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने अभिव्यक्ती दिएका थिए । तर उनी बोलेका दुई दिनमै माओवादीनै एमसीसीको मतियार रहेको रहस्य खुले पछि महरालाई मुख देखाइनसक्नुको अवस्था आइलागेको छ ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र आफुले एमसीसी पास गर्छौै भनेर हस्ताक्षर गरेर अमेरिकालाई बुझाइसकेको खुलासा गरिदिए पछि बाहिर बाहिर एमसीसीको चर्को विरोध गर्ने महराहरुको पनि असली अनुहार बाहिर आएको छ ।

 

रोशनी प्रकरणमा ठूलो बेइजती खेपेका महराले पटक पटक सार्वजनिक रुपमा आफुलाई एमसीसी पास गर्न तत्कालिन प्रधानमन्त्री केपी ओलीले ठुलो दबाव दिएको र आफुले नमानेका कारण यसरी फसाइएको बताउँदै आएका थिए ।

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पनि पछिल्लो समय एमसीसी विरोधी जस्तो आभाष दिने गरि अभिव्यक्ती दिँदै आएका थिए तर आजै मात्रै देउवाको मिडियाको अगाडी प्रचण्डको पोल खोलिदिएका छन् ।

 

देउवाको अभिव्यक्ती पछि एमसीसी कुनै हालतमा पास गर्न नहुने बताउँदै आएका कृष्णबहादुर महराहरु लाजले पानी पानी भएका छन् । देउवाको यस्तो अभिव्यक्ती पछि राजनितिक वृतमा यसले ठूलो चर्चा पाएको छ । प्रचण्डको मुकुण्डो उत्रिएको भन्दै समाजिक संजाल प्रयोगकर्ताहरुले आलोचना गरिरहेका छन् ।

 

कतिपय सामाजिक संजाल प्रयोगकर्ताहरुले प्रचण्ड र महराहरुलाई लाजको पसारो भन्दै अब कुन माक्सले मुख छोपेर हिड्छौ ?भन्दै प्रश्न समेत गरेका छन् । देउवाको यस्तो अभिव्यक्ति पछि माओवादी केन्द्र र सो पार्टीका कोही पनि नेताहरुले अहिले सम्म केही प्रतिक्रिया दिएका छैनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा