काठमाडौँ – नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईलाई गोकुल बास्कोटामाथि लागेको जस्तै आरोप लागेको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले दिएको एउटै अभिव्यक्ति पछि उनलाई बास्कोटाको जस्तै आरोप लागेको हो ।
आउँदो महिना हुने एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमाले नेता भट्टराईले बोलेको एउटै शब्दले समाजवादीका नेता कार्यकर्ता आक्रोशित देखिएका छन् ।
माधव नेपालको पार्टी अवैध सम्बन्धबाट जन्मिएको भन्दै भट्टराईले उनीहरुको ठेगाना प्रष्ट नभएकाले महाधिवेशनमा निम्तानै नगर्ने बताएका थिए । भट्टराईको यहि अभिव्यक्ती पछि एसका कार्यकर्ता अरिंगालको गोली जस्तै उनीमाथि खनिएका छन् ।
एमाले अध्यक्ष ओलीलाई धेरैले बा भनेर सम्बोधन गदैछन् । विरोधीहरुले गाली गर्दा पनि बा नै भन्ने गर्दछन् । गोकुल वास्कोटा लगायतका नेतालाई बा का छोराहरु भन्दै आलोचकहरुले गाली गर्दछन् ।
आजसम्म योगेश भट्टराईलाई यस्तो आरोप लगाएको सुनिएको थिएन तर आज नेकपा एसका प्रवक्ताले बास्कोटालाई जस्तै आरोप भट्टराइलाई पनि लगाएका छन् ।
एस पार्टीका उपमहासचिव समेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एमाले प्रचार विभाग प्रमुख योगश भट्टराईलाई एमाले अध्यक्ष ओलीको पुत्र भन्दै जस्ता बा उस्तै बावु भन्दै तिखो टिप्पणी गरेका छन् ।
अवैध सन्तानको आरोप लागे पछि एसका प्रवक्ता तातेका हुन् ।
उनले बा’ भनेर अध्यक्ष केपी शर्मा ओलीलाई भनेका हुन् । एमालेले हिजो १०औं महाधिवेशनबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै योगेशले पार्टीको महाधिवेशनमा माधव नेपाल नेतृत्वको पार्टीलाई निम्तो नदिईएको र नबोलाउने बताएका थिए ।
उनले नेकपा (एकीकृत समाजवादी) लाई अवैध सम्बन्धबाट जन्मिएको बच्चाको संज्ञा दिएका थिए ।
खतिवडाले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्–‘निम्तो गर्दिन भनेर एक पार्टीले औचित्यहिन बकवास गरेछ।सक्कली “तमासा” भनेको यहि नै हो। न निम्तो गर्नै पर्ने बाध्यता हुन्छ न त जानै प्र्ने अनिबार्यता ।
अझ राजनीती( कुटनीतिमा निम्तो गरेर मात्र हुदैन – निम्तो मान्न जाने कि नजाने आफ्नो कुरा हुन्छ। दुष्ट मतिको संक्रमण कति चाडै भएछ– जस्ता “बा” उस्तै “बाबु” उनले लेखेका छन् ।