नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले आउने निर्वाचनमा एमालेको समानुपातिक तर्फ १०–१२ सिट आउला तर १६५ निर्वाचन क्षेत्रमा एमालेले कुनै सिट जित्दैन भन्ने अभिव्यक्ति दिएका छन् ।
लुम्बिनी प्रेस क्लबले गत बुधबार बिहान भैरहवामा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता चौधरीले प्रत्यक्षमा एक सिट नजितेपनि समानुपातिकतर्फ भने एमालेले १०–१२ सिट ल्याउन सक्ने बताए ।
‘१६५ निर्वाचन क्षेत्र मध्ये एमालेको कुनै पनि स्थानमा जित्न सक्दैन’ चौधरीले भने समानुपातिक तर्फ १०–१२ सिट आउला ।’
एमालेलाई ओली कम्पनीको संज्ञा दिंदै चौधरीले आउँदो निर्वाचनमा ओलीबाहेक सबै कम्युनिष्ट पार्टी एक भएर चुनाव लड्ने दावी समेत गरे । ‘कम्युनिष्टहरुबीच एकता वा मोर्चा हुन्छ’– उनले भने, ‘यस्तो एकतामा केपी ओली हुने छैनन् ।’
कम्युनिष्टहरुबीच एकता गर्ने र सकेसम्म उपेन्द्र नेतृत्वको जनता समाजवादी पार्टीसँग पनि सहकार्य गरेर निर्वाचनपछि सबैभन्दा ठूलो पार्टी बन्ने गरी अघि बढिरहेको चौधरीको दावी छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।