शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतसम्म जान सक्छौं : मिलन पाण्डे


  • बिहिबार, कार्तिक १८ २०७८
12.6K
SHARES

फाइल तस्बिर

निर्वाचन आयोगले विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रको पक्षले गरेको विधान संशोधनलाई मान्यता दिएपछि संयोजक मिलन पाण्डे पक्षले असन्तुष्टि जनाएको छ ।

पाण्डे पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतमा पुनरावेदन दिने तयारी गरेको छ । पार्टीको विधान विपरीत एकपक्षको निर्णयलाई अभिलेख नगर्न भन्दै ८ असोजमै आयोगमा उजुरी दिएका थियौं’ संयोजक पाण्डेले अनलाइनखबरसँग भने, ‘विधानको बुँदालाई उल्लेख गर्दै उजुरी दिँदा पनि आयोगबाट कसरी त्यस्तो निर्णय भयो, रहस्यमय छ ।’

जुम बैठकको ‘स्क्रिनसट’लाई आयोगले आधिकारिकता दिनु पनि अनौठो रहेको पाण्डेले बताए । ‘आयोगले पुनरावेदनको निवेदनबाट निर्णय नसच्याए, अदालतसम्म जान्छौं’ उनले भने ।

आयोगले बुधबार मिश्र पक्षले गरेको विधान संशोधनलाई मान्यता दिएको थियो । मिश्र नेतृत्वमा बसेको केन्द्रीय समिति बैठकले संयोजक मिलन पाण्डेको अधिकार कटौती गर्ने र संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह गर्ने एजेण्डालाई पारित गरेको थियो ।

मिश्र पक्षले बोलाएको बैठकमा ९१ जना सहभागी भएको जनाइएको थियो । पाण्डे पक्षको बैठकले चाहिँ मिश्रले ल्याएको दस्तावेजलाई खारेज गर्ने र ‘वैकल्पिक राजनीतिको मूल बाटो’ लाई स्वीकृत गर्ने निर्णय गरेको थियो ।

पार्टीभित्र संयोजक पाण्डेको समूह अल्पमतमा थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा