नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामन्ती दलाल र पुँजीपतिहरु मिलेर माओवादीलाई सिध्याउन खोजेको आरोप लगाएका छन् ।
बिहीबार ललितपुरको महालक्ष्मीस्थानमा नेपाल सम्वत् ११४२ को अवसरमा नेवा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले माओवादीलाई सकाउन खोजेको बताएका हुन्।
माओवादीलाई कमजोर नपारेसम्म सामन्ती, दलाल र पुँजीपतिहरूको स्वार्थ पूरा नहुने उनले बताए।
‘प्रतिक्रियावादीहरू बडो सचेत छन्। उनीहरूले ताकेर माओवादीलाई हिट गर्ने, उनीहरूको उद्धेश्य माओवादी नसिध्याएसम्म माओवादीलाई कमजोर नपारेसम्म उनीहरूको हिजोको सामन्ती भनौं या हिजोको दालाल, पुँजीपतिहरूको स्वार्थ पूरा हुँदैन,’ उनले भने।
उनले थपे, ‘त्यसकारण माओवादीलाई नसिध्याएसम्म देशले सुख पाउँदैनन् भन्छन्। हामी के भन्छौं- माओवादीबिना जनताले सुख पाउँदैनन्। ती प्रतिक्रियावादी जाली फटाहाहरूले दु:ख पाउँछन् माओवादी बलियो भयो भने। त्यो साँचो कुरा हो। हामी तिनलाई दु:ख परोस् भन्ने चाहन्छौं जनतालाई सुख होस् भन्ने चाहन्छौं।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।