शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

फेरी काँग्रेसीहरूले हँसिया हतौडामा मत हाल्नु पर्ने, गठबन्धन चुनाव सम्मै चल्ने !


  • बिहिबार, कार्तिक १८ २०७८
9.3K
SHARES

तस्विरः फाइल

प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्मै अनवरत कायम रहने सङ्केत दिए सँगै आगामी चुनावमा माओवादीको चुनाव चिन्ह हँसिया हतौडामा समेत काँग्रेसीहरूले मत खसाल्नु पर्ने सम्भावना बढेर गएको छ ।

बिभिन्न ठाउँमा नेपाली कांग्रेस पार्टी समर्थकहरूले कुनै पनि कष्टमा आगामी चुनावमा प्रचण्डको पार्टीसँग तालमेल गरेर् भोट हालिँदैन प्रचण्ड बाट धोका पाएकाले अब गाउँ गाउँ बाट लखेटिन्छ भनिरहेका बेला काँग्रेस सभापतिले गठबन्धन चुनाबसम्मै जाने बताएका हुन । गठबन्धन चुनाब सम्म गएको खण्डमा तालमेल गर्दा कांग्रेसीहरुले पनि हसिया हतौडामा भोट हाल्नु पर्ने अबस्था आउने छ ।

जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ९कोप(२६० मा भाग लिएर आज बिहान स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धन पूरै समयसम्म रहन्छ । गठबन्धनबारे कुनै किसिमको शंका नगर्नु भए हुन्छ ।’

प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश प्रकरणबारे भने बोल्न चाहेनन् । पत्रकार सम्मेलनको सुरुमै देउवाले कोप–२६ सम्मेलनबाहेकका अरु प्रश्न नसोध्न आग्रह गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा