नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई देशकै असक्षम नेतृत्व भएको सङ्केत गरेका छन् ।
गत मङ्गलवार बिहान हेटौँडामा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा दाबी गरेका हुन् ।
पाँच वर्षसम्म पार्टीको महाधिवेशन गर्न सकेको छैन, निर्वाचन आयोगले पार्टी अहिले सम्म जोगाइदिइरहेको छ । यही नेतृत्वले अझै देशकै चुनाव गर्ने दाबी गरिरहेको छ ।
आफ्नै पार्टीको चुनाव गर्न नसक्नेले देशको चुनाव कसरी गर्लान्,’ भन्दै आफ्नै पार्टी सभापति उपर वरिष्ठ नेता पौडेल खनिएका हुन् ।
आशन्न महाधिवेशनमा पार्टी सभापतिको दाबी गरिरहेका पौडेलले आफु सभापतिको स्वभाबिक उम्मेदवार समेत रहेको बताएका छन् ।
एक फरक प्रसङ्गमा बोल्दै उनले वर्तमान प्रधानन्यायाधिश ले जति सक्दो चाँडो राजीनामा गर्नु पर्ने समेत बताएका छन् ।
पौडेलले भनेका छन् प्रधानन्यायाधीशलाई जतिसक्दो चाँडो राजीनामा दिएर अदालतलाई विवादबाट पर राख्नुपर्छ ।
आउँदो राष्ट्रिय सभा सदस्यको चुनावमा नेपाली काँग्रेसको कानुनी हैसियत हुन्छ कि हुँदैन भन्ने अवस्था आइसकेको बताउँदै समयमै महाधिवेशन गर्ने तर्फ देउवा लाग्नु पर्नेमा पौडेलको जोड थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।