मंगलबार, मंसिर १४ २०७८
ताजा अपडेट

तिहारको वास्तु : कता फर्किएर पूजा गर्ने ? के कुरामा ध्यान दिने ?


  • KTM Khabar
  • बिहिबार, कार्तिक १८ २०७८
1.8K
SHARES

तस्विरः फाइल

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार। यमपञ्चक पनि भनिने यो पाँच दिन हुने विभिन्न पूजा आफैँमा वास्तुसँग सम्बन्धित छ । कता फर्किएर पूजा गर्ने रु कुनकुन सामग्रीले पूजा गर्ने र कुन भगवानलाई कसरी पूजा गर्ने भन्ने कुरा तिहारको वास्तु अन्तर्गत् हेर्ने गरिन्छ । तिहारमा विभिन्न दिन गरिने पूजामा ध्यान दिनु पर्ने वास्तु के–के हुन् त?

धन्तेरसदेखि भाइटीकासम्मको पर्वलाई तिहार भनिन्छ । यो पर्व विशेषगरी यमराज र यमुना एवं धनकी देवी मानिने लक्ष्मीको पूजासँग सम्बन्धित छ । त्यसैले दुवै पूजामा वास्तुलाई भने ध्यान दिनुपर्ने हुन्छ । यम पञ्चकको पहिलो दिन अर्थात् काग तिहारको दिन यमराजका प्रतीकको रुपमा कागको पूजा गरिन्छ । सोही दिन धन्तेरस अर्थात् लक्ष्मीलाई मन पर्ने सामग्रीहरु किनेर घरमा भित्र्याउने गरिन्छ । दोस्रो दिन कुकुरतिहार पर्छ । काग र कुकुरको पूजा गर्दा कुन दिशामा फर्किने भन्ने हुँदैन । यी पूजाहरु बिहान सूर्योदयपछि जतिबेला गरे पनि हुन्छ । दिशा ज्ञान र समयको महत्व लक्ष्मीपूजाको दिन हुन्छ । लक्ष्मीपूजा सामान्यतया साँझमा गरिने पूजा हो । त्यसैले यो पश्चिमतर्फ लक्ष्मीको मूर्ति वा फोटो राखेर पूजा गर्नुपर्छ ।

हिन्दु कर्मकाण्डमा बिहान र दिउँसोको समयमा गरिने सबैखाले पूजाहरु पूर्वी मोहोडा फर्किएर गर्ने गरिन्छ । साँझको समयमा गरिने सबै पूजाहरु पश्चिमी मोहडा फर्किएर गरिन्छ । शास्त्रअनुसार देवी देवताको पूजा गर्दा उत्तर दिशामा फर्किएर गरिन्छ । साथै, पितृ कर्महरु सबै दक्षिण दिशामा फर्किएर गरिन्छ । यसरी विधा अनुसार फरक फरक दिशा किन र ? ‘उत्तरतर्फको दिशामा देवीदेवताको वास हुन्छ भन्ने शास्त्रीय मान्यता छ, दक्षिणतर्फ पितृहरुको वास हुन्छ । त्यसैले जसको पूजा गर्ने हो, त्यही दिशातिर फर्किएर पूजा गर्ने गरिन्छ ।जुनसुकै पूजा गर्दा चन्द्रमाको सम्मुख वा दाहिनेपट्टि पारेर गरिन्छ । त्यसैले तिहारमा भाइटीका गर्दा पनि पश्चिम वा उत्तर फर्किएर पूजा गर्नुपर्छ भन्ने मान्यता छ ।

पूजा गर्ने समयमा देवीदेवतालाई सबैभन्दा अघि राखिन्छ । पूर्वतर्फ बत्ती, पूर्वोत्तर कुना इसान मा कलश राखिन्छ । लक्ष्मीपूजाको दिन लक्ष्मीको घडालाई बीचमा राखिन्छ । आग्नेय कोणमा गणेश राखिन्छ । कोहीकोहीले पूर्वोत्तर कुनामा दियो अनि कलश राख्ने गर्छन् । भाइटीकाको दिन पहिले दियो, कलश, गणेश, यमुना, यमराज, अष्ट चिरञ्जीवी लगायतको पहिलो पूजा गरेर अनि मात्रै भाइपूजा गरिन्छ ।‘वास्तुका अनुसार धनतरेसदेखि भाइटीकाको दिनसम्म घरको मुख्यद्वारमा स्वस्तिक चिह्न बनाउनुपर्छ । यस्तो स्वस्तिक चिह्न बेसार, अक्षता आदिको प्रयोग गरेर बनाइन्छ । यो लक्ष्मीलाई खुसी बनाउने कला हो ।

धन्तेरसको दिन पनि दियो बाल्ने, २१ वटा चामलको अक्षता लिएर अभिमन्त्रित गर्नुपर्छ, श्रीसूक्तको पाठ गर्ने, चाँदीको सिक्का खरिद गर्ने वा पूजा गर्ने, काँचो बेसारको टुक्रालाई पूजा गर्ने, श्रीयन्त्रको पूजा गर्ने गरिन्छ ।धन्तेरसको दिन पनि दियो बाल्ने, २१ वटा चामलको अक्षता लिएर अभिमन्त्रित गर्नुपर्छ, श्रीसूक्तको पाठ गर्ने, चाँदीको सिक्का खरिद गर्ने वा पूजा गर्ने, काँचो बेसारको टुक्रालाई पूजा गर्ने, श्रीयन्त्रको पूजा गर्ने गरिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा