शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एमालेको हालत खतम छ, जो हमसे टकराएगा चुरचुर होजाएगा : माधव नेपाल


  • बिहिबार, कार्तिक १८ २०७८
7.4K
SHARES

फाइल तस्विर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरुसँग टक्कर लिन खोज्नेहरु समाप्त हुने चेतावनी दिएका छन् ।

आफूहरुसँग टक्कर लिन खोज्दा कर्णाली प्रदेशमा नेकपा एमाले उठ्नै नसक्ने हालतमा पुगेको bfaL ub}{ ca cf]nL k|a[tLsf] cGTox’g] atfPsf 5g\ .

आज भक्तपुरमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले हिन्दी लवजमा भने, ‘जो हमसे टकराएगा, चुरचुर होजाएगा । जो हामीसँग ठोक्किन्छ, टुक्रा–टुक्रा हुनेछ  ।’

विभिन्न प्रदेश सरकारमा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनेको चर्चा गर्दै नेपालले कर्णाली प्रदेशमा नेकपा एमालेको हालत उठ्नै नसक्ने अवस्थामा पुगेको टिप्पणी गरे । सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी सबैभन्दा ठूलो पार्टी बनेको र प्रदेश नम्बर दुईमा एमालेभन्दा धेरै अगाडि रहेको बताउँदै उनले भने, ‘कर्णाली प्रदेशमा हामीले टक्कर दिएर अर्को पार्टी उठ्नै नसक्ने गरी एमालेको हालत खतम छ ।’

एक नम्बर प्रदेश र बागमती प्रदेशमा एकीकृत समाजवादी पार्टीको मुख्यमन्त्री बनेको बताउँदै उनले भने, ‘त्यसो हुनाले हामी भन्छौं हामीसँग टक्कर लिने कुरा सोच्यो भने तराईतिर भनिन्छ– जो हमसे टकराएगा चुरचुर होजाएगा, ख्याल गर ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा