शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

चीनले नेपाललाई दियो थप १६ लाख डोज कोरोना खोप


  • बुधबार, कार्तिक १७ २०७८
13.3K
SHARES

खाेप, तस्विरः फाइल

चीनले नेपाललाई अनुदान सहायता स्वरूप थप १६ लाख डोज कोभिडविरूद्धको खोप उपलब्ध गराएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमबीच चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई सो खोप हस्तान्तरण गरेकी हुन्।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले चीन सरकारले चालू आर्थिक वर्षभित्र सबै  नेपालीलाई खोप दिइसक्ने योजनालाई पूरा गराउन सहयोग स्वरूप कोभिडविरूद्धको खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे।

उनले त्यस अवसरमा हालसम्म चीन सरकारले नेपाललाई ३४ लाख सो खोप अनुदान सहायताको रूपमा उपलब्ध गराएको पनि जानकारी दिए।

यस्तै, चिनियाँ राजदूत यान्छीले नेपाल सरकारको कोभिडविरूद्धको अभियानमा साथ दिन चीन सरकारले आवश्यक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन्।

उनले २ दिनपछि चिनियाँ सेनाले नेपाली सेनालाई ३ लाख डोज कोभिडविरूद्धको खोप उपलब्ध गराउने जानकारी समेत दिइन्।

राजदूत यान्छीले कोभिड निर्मूल गरी नेपालको सामाजिक, आर्थिक क्षेत्रलाई सहज बनाउन चीन सरकारले सकेको योगदान पुर्‍याउने प्रतिवद्धता समेत व्यक्त गरिन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा