नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले आगामी निर्वाचनपछि नेपाली काँग्रेसले बहुमत ल्याउने र काँग्रेसको एकल सरकार बन्ने बताएका छन् । आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, “अब हुने स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउनेछ र काँग्रेसले नै सरकार निर्माण गर्नेछ ।
अहिले सरकार गठबन्धनमा भए पनि आगामी निर्वाचनमा नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउने उनको दाबी थियो । नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनेसँगै देशका भ्रष्टाचार नियन्त्रण हुने र कोभिडबाट क्षति पुगेका क्षेत्रहरुको पुनर्निर्माण भई देश विकासको मार्गमा अघि बढ्ने बताए ।
सहमहामन्त्री डा.महतले नेपाली काँग्रेसको महाधिवेशन तोकिएको समयमै सम्पन्न हुने दाबी गरे । उनले भने, “पार्टीको महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ, मैले महामन्त्रीमा उम्मेदवारी दिन्छु ।” उनले नेपाली काँग्रेसका कार्यकर्ताहरूलाई आजैदेखि निर्वाचनको तयारीमा लाग्न पनि आह्वान गरे । उनले भने, “पार्टीको आसन्न महाधिवेशनको तयारीमा लाग्नुहोस्, महाधिवेशनको तयारी सँगसँगै निर्वाचनको तयारी पनि थाल्नुहोस् ।”
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।