युभेन्टसले उत्कृष्ट प्रदर्शन गर्दै जेनिट सेन्ट पिटर्सबर्गलाई ४–२ ले हराउँदै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । खेलमा अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला नायक बने । उनले दुई गोल गर्नुका साथै एउटा गोलको अवसर सिर्जना गरे ।
डिबालाले ११ औँ मिनेटमा गोल गर्दै युभेलाई अग्रता दिलाए पनि लियोनार्डो बोनुचीको आत्मघाती गोलमा जेनिट खेलमा फर्किएको थियो । दोस्रो हाफको शुरुवातमा नै डिबालाले पुनः युभेलाई अग्रता दिलाए । फेडेरिको चिएसाले त्यसपछि युभेका लागि तेस्रो गोल गरे भने डिबालाकै पासमा अल्भारो मोराटालो ८२ औँ मिनेटमा चौथो गोल गरे । जेनिटका फरवार्ड सरदार अजमाउनले इन्जुरी समयमा सान्त्वना गोल फर्काए ।
योसँगै समूह एच मा चार खेलमा चारमा नै जीत हासिल गर्दै युभेन्टस नकआउट चरणमा प्रवेश गरेको छ । उता, समूहकै अर्को खेलमा साबिक विजेता चेल्सीले माल्मोमाथि १–० को संघर्षपूर्ण जीत हासिल गरेको छ । खेलमा हाकिम जियेचको एक मात्र गोल निर्णायक बन्यो । चेल्सी ९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।