पूर्व मन्त्री एवम् काँग्रेस युवा नेता गगन थापा लाई पनि भारत परस्त भएको आरोप लग्दै आएको छ । चुनाव ताका ठुलै समूह गगन थापालाई भरतको इसारामा चल्ने भारतीय एम्बेसीको पैसाले चुनाव लड्नै हल्ला सुनिन्छ भने चुनाव सकिए पछि यो हल्ला कम हुन्छ । तर पनि भारतको इसारामा चल्ने भन्ने हल्ला गाईगुइ सुनिन्छ ।
त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि राजनीतिमा होमिएका थापा काँग्रेसको विद्यार्थी सङ्गठन नेविसंघबाट राजनीति सुरु गनेका हुन् । नेविसंघको सदस्य हुँदै २०५१ सालमा त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएका थिए । त्रिचन्द्र स्ववायुमा सदस्य सचिव हुँदै सभापति बन्न पुगेका थिए। स्ववियु सभापति भए पछि उनको राजनीतिक उचाइ बढ्दै गएको थियो ।
अधिकांश समय सडक आन्दोलनमा बिताएका थापा लाई भारत परस्त भयो भन्ने आरोप लाग्नु आश्चर्यको विषय हो तर उनलाई भरतको इसारामा चल्ने भारतीय एम्बेसीको सहारामा चुनाव लड्ने जस्ता आरोप लाग्ने गर्छन् ।
लोकतान्त्रिक आन्दोलनमा उनको प्रखर वक्तृत्व अनि लोकप्रिय छविको जताततै प्रशंसित छन् थापा । काँग्रेस भित्र भावी सभापतिको रूपमा समेत हेरिएका थापालाई भारत परस्त नेता भएको आरोप ठुलै स्वरमा आउने गर्छ ।
उनी भारत परस्त हुन हैनन त समयले बताउँछ तर सम्भावना भएका नेता हरुनै भारतको इसारामा चल्छन् भन्ने सन्देश जानु आम सर्वसाधारण र स्वयम गगन थापाको हितमा भने पटक्कै छैन ।
प्रचण्ड मन्त्रिपरिषद्, २०७३ मा स्वास्थ मन्त्री बनेका थापा वर्तमान काँग्रेस राजनीतिमा पनि सधैँ चर्चाको सिखरमा छन् । आसन्न काँग्रेस महाधिबेशनमा पार्टीको महामन्त्री लड्ने घोषणा गरेका थापा जनतामा चर्चित छविका रूपमा चिनिन्छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।