प्रधानमन्त्री बन्ने बित्तिकै भारत जाने परम्परा परम्परा तोडेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्कटल्यान्डमा पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेट गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच स्कटल्याण्डमा भेटवार्ता भएको हो । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्कटल्याण्डको ग्लास्गोमा गएको बेला उनीहरुबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा प्रधानमन्त्री देउवाले नेपालगञ्ज र महेन्द्रनगरबाट हवाईजहाज प्रवेश विन्दुलाई अनुमति दिन र रासायनिक मलको सहज आपूर्ति गर्न आग्रह गरेका थिए ।
जवाफमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको आवश्यकता र खाँचोलाई सकारात्मक रुपमा लिने बचन दिएको भेटमा सहभागी परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिए ।
‘सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालले अनुरोध गरिराखेको नेपालगञ्ज र महेन्द्रनगरबाट हवाईजहाज इन्ट्री गर्ने प्वाइन्ट स्वीकृति दिनुपर्यो भन्ने कुरा गर्नुभयो । उहाँले चाहिं तपाईंहरुको आवश्यकता, तपाईंहरुको खाँचोलाई हामीले सकारात्मक रुपमा हेर्छौं भन्नुभयो,’ सचिव पौड्यालले भने ।
यसैगरी प्रधानमन्त्री देउवाले भारतको सदभाव पाइराखेको भन्दै रासायनिक मलको आपूर्ति निरन्तर रहोस् भन्ने विषयमा अनुरोध गरेका थिए । सो विषयमा मोदीले भारतको आवश्यकता जे हो त्यही आवश्यकता नेपालको पनि हो भन्ने ठानेर पूर्ण सहयोगको वचन दिएको सचिव पौड्यालले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।