शनिबार, साउन ३० २०८३
ताजा अपडेट

ओलीको उद्घोष भगवान् रामले माडीलाई मणि बनाउने छन्


  • बुधबार, कार्तिक १७ २०७८
7.5K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब भगवान् रामले माडीलाई मणि बनाउने बताएका छन्।

माडीको अयोध्यापुरीमा राम-सीता मन्दिरमा पूजा गरेपछि मन्दिर परिसरमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस क्षेत्रको विकास गर्न भगवान राम स्वयं उपस्थित भएको बताए।

चार वर्षअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनाव प्रचारका लागि माडी आएका ओलीले माडीलाई मणि बनाउने घोषणा गरेका थिए।

मिलेर माडीलाई मणि बनाउने भनेर घोषणा गरिएको थियो तर तपाईंहरूले जिताएका मान्छे गतिला परेनन्,’ ओलीले भने, ‘अब अयोध्याधामको माध्यमबाट माडीको विकास हुन्छ, देशकै विकास हुन्छ।’

उनले चितवन कुरुक्षेत्र नभई धर्मक्षेत्र बन्ने बताए। नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले केही दिनअघि भरतपुरमा एक कार्यक्रममा बोल्दै ‘अब महाभारत हुने, चितवन कुरुक्षेत्र बन्ने’ बताएका थिए। ओलीले प्रचण्डको उक्त भनाइ चितवनमा अयोध्याधाम बन्न लागेर आएको दाबी गरे।

उनले अयोध्याधाम बन्यो भने माडीको विकास हुन्छ भनेर केही मान्छे आत्तिएको बताए।

‘भगवान् राम-सीताको सुरक्षाका लागि हनुमान तम्तयार भएर बसेका छन्,’ उनले भने, ‘अहिले त बाहिर नमस्कार गरेर बसिरहेका छन्, आइपरे गधा उचालेर हान्छन्, पापीहरूलाई छाड्दैनन्।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा