शनिबार, साउन ३० २०८३
ताजा अपडेट

प्रदेश–१ का मुख्यमन्त्री राईले लिए शपथ, पाँच मन्त्री नियुक्त


  • मंगलबार, कार्तिक १६ २०७८
9.2K
SHARES

फाइल तस्विर

प्रदेश नम्बर–१ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शपथ गराएका हुन् ।

मुख्यमन्त्री राईले आजै पाँच मन्त्री नियुक्त गरी शपथ गराएका छन् । सामाजिक विकासमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा)का जयराम यादव, आर्थिक मामिला तथा योजनामन्त्रीमा (नेकपा माओवादी केन्द्र)का इन्द्र आङ्वो, भौतिक पूर्वाधार विकासमन्त्रीमा नेपाली कांग्रेसका हिमाल कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा कांग्रेसकै केदार कार्की र सामाजिक विकास राज्यमन्त्रीमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु तुम्बाहाम्फे नियुक्त भएका छन् ।

गठबन्धनका ४९ प्रदेशसभा सदस्यका तर्फबाट राजेन्द्र राईले नयाँ सरकार गठन गर्न सोमबार दाबी प्रस्तुत गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा