शनिबार, साउन ३० २०८३
ताजा अपडेट

२४ घण्टामा थप ४६९ जनामा कोरोना पुष्टि, ११ को मृत्यु


  • मंगलबार, कार्तिक १६ २०७८
10.1K
SHARES

कोरोना भाइरस सांकेतिक फाइल तस्विर

पछिल्लो २४ घण्टामा देशभर ४६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा ११ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २८७ जनामा भएको परीक्षणमा ४६९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै थप ५५५ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको  ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १३ हजार ४३३ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ६७४ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ९२ हजार ८३२ जना निको भएका छन् भने ११ हजार ४२७ जनाको मृत्यु भएको छ ।

हाल देशभर ९ हजार १७४ जना सक्रिय संक्रमित रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा