नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बयलगाडाको सोच हुनेहरु केपी ओलीतिर लाग्ने बताएका छन् ।
विराटनगरमा नेकपा (एसले) आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेपालले एमालेमा ९ रेक्टरस्केलको भूकम्प गएकोले आफ्नो घर नै असुरक्षित भई नयाँ पार्टी गठन गरेको सुनाए ।
उनले भने,”हामी नक्कली कुरामा विश्वास गर्दैनौं । नयाँ कुरा गर्दै नयाँ बाटो बनाएर हिंड्नु पर्छ । नयाँ सिर्जना गर्नुपर्छ भनेर नयाँ पार्टी बनाएको हो । केपीको दम्भका कारण उनी सत्ताको घोडाबाट भुईंमा बझारिएका छन् ।”
नेपालले २८ वर्ष पहिले आफू विराटनगर आएको र महेन्द्र मोरङ्ग क्याम्पस पढेर बैंकमा जागिर खाएको स्मरण गरे । पछि जागिर छाडेर राजनीतिमा लागेको र त्यसबेला एकजना रामचन्द्र यादव पनि मोरङमा सक्रिय रहेको भन्दै नयाँ पार्टीले नयाँ उत्साह दिएको भन्दै गफ गरेर मात्र पार्टी नचल्ने बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।