शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्रदेश १ मा शपथ लिने ५ मन्त्रीको नाम फाइनल को-को भए मन्त्री ?


  • मंगलबार, कार्तिक १६ २०७८
10.3K
SHARES

फाइल तस्विर

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको शपथसँगै केही मन्त्रीहरुले पनि शपथ लिने भएका छन् ।

जसअनुसार गठबन्धनले ५ मन्त्रीको नाम र मन्त्रालय टुंगो लगाएको छ । गठबन्धन दलहरुबीच भएको सहमतिअनुसार नेकपा एकीकृत समाजवादीका नेता जयराम यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइने भएको छ भने एकीकृत समाजवादीकै सांसद खिनुलङ्बा लिम्बूलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ ।

यस्तै काँग्रेसले भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रमुख सचेतक केदार कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्रालय उपनेता हिमाल कार्कीलाई पठाउने सहमति भएको छ । यस्तै गठबन्धनमा रहेको माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला मन्त्रालय पाउने सहमति भएको छ ।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएपछि  एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा नयाँ सरकार गठन भएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा