शनिबार, साउन ९ २०८३
ताजा अपडेट

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री नियुक्त


  • मंगलबार, कार्तिक १६ २०७८
8.6K
SHARES

तस्विरः फाइल

एकीकृत समाजवादीका नेता राजेन्द्र राई प्रदेश १ सरकारको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

आज दिउँसो १ बजेसम्मका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सीमाअनुसार सोमबार नै राईले ४९ जना सांसदको समर्थनसहित आफ्नो दावी पेश गरेका थिए । उक्त समयावधि सकिएसँगै प्रदेश प्रमुख अधिकारीले प्रदेश १ को मुख्यमन्त्रीको रुपमा राईलाई नियुक्त गरेका हुन् ।

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले सोमबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसलगतै प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न मंगलबार १ बजेसम्मका लागि समय दिएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा