नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आफ्नो मान प्रतिष्ठा जोगाउनका लागि चाँडै नै पदबाट राजीनामा दिनुपर्ने सुझाव दिएका छन् ।
नेपाली काँग्रेस मकवानपुरले शुभ दीपावली, छठको अवसरमा हेटौँडामा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले प्रधानन्यायाधीशले राणाले ढिला गरे न्यायालयमा गरेका सेटिङ खुल्दै गइरहेका कारण आफ्नो मान मर्यादाका लागि भए पनि पदबाट राजीनामा दिनु उपयुक्त हुने बताएका हुन् ।
प्रधानन्यायाधीश राणाले बैलैमा विचार नपु¥याए अपमानजनक बहिर्गमन निश्चित रहेको उनको भनाइ थियो । प्रधानन्यायाधीशले विगतका प्रधानमन्त्रीहरुसँग गरेको सेटिङका कारण अहिलेको न्यायालय नै विवादमा फसेको उनले बताए । ‘प्रधानन्यायाधीश संवैधानिक निकाय र राजदूत नियुक्तिमा गरेको सेटिङका कारण न्यायालयमा अहिलेको यो अवस्था आएको हो । अहिले सर्वोच्च अदालत ध्वस्त भएको छ ।’ नेता पौडेलले भने ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।