शुक्रबार, कार्तिक ७ २०८३
ताजा अपडेट

चोलेन्द्रलाई एकछिन पनि प्रधानन्यायाधीशको भूमिकामा राख्न हुन्न: रमण श्रेष्ठ


  • मंगलबार, कार्तिक १६ २०७८
7.8K
SHARES

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानन्याधीश चोलेन्द्रशम्शेर राणाले छिटो राजीनामा दिनुपर्ने बताएका छन्। राणा प्रधानन्यायाधीश भएपछिका तीन वर्षमा न्यायलयभित्र विकृति र भ्रष्टाचार बढेको उनको आरोप थियो।

कात्तिक १७ भित्र प्रधानन्यायधीशले राजीनामा नदिए नेपाल बारले थप आन्दोलन गर्ने उनले बताए। उनले सम्मानजनक बहिर्गमनका कुरा आएकोले सतर्क रहनुपर्ने पनि बताए।

‘अहिले प्रधानन्यायाधीशले स-सम्मान बहिर्गमनको कुरो गरिराख्नु भएको छ- त्यो जालझेल हो, षड्यन्त्र हो, सतर्क हुनुहोला,’ उनले भने। राणालाई एकछिन पनि प्रधानन्यायाधीशको भूमिकामा राख्न नहुने पनि उनले बताए। संविधान र कानुनविपरीत जान खोज्नेहरू टिक्ने स्थिति नहुने पनि बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा