काठमाडौं । धेरै समर्थक भएका केही ठूला फुटबल टोलीले सन् २०२१-२२ मा खराब प्रदर्शन जारी गरेका छन् ।
स्पानिस क्लब बार्सिलोना, इंग्लिस क्लब टोटनहम जस्ता क्लबहरु अर्को वर्ष युरोपको प्रतियोगितामा छनोट हुन नसक्ला भन्ने डरमा छन् । किनकि यो सिजन अहिलेसम्मकै भयानाक खराब प्रदर्शन गरिरहेका छन् ।
मेस्सी बहिर्गमनपछि बार्सिलोनाको संघर्ष यस सिजन क्याम्प नोउ विचित्र बनेको छ । समर्थकहरूलाई मैदान प्रवेशको अनुमति भइसकेको छ । तर अलाभेसविरुद्ध भएको खेलमा जम्मा ३७ हजार २७८ समर्थक मात्र उपस्थित थिए । कमजोर उपस्थितिको धेरै कारण होला, जसमध्ये एक कमजोर प्रदर्शन पनि एक हो ।
लिओनल मेस्सीले छोड्ने बित्तिकै बार्सिलोना यति कमजोर बनेको छ कि ला लिगाको नवौं स्थानमा छ भने च्याम्पियन्स लिगमा समूह जीमा रहेको क्लबले मात्र तीन अंक जोडेको छ । स्पानिस ला लिगा र च्याम्पियन्स लिगमा गोल गर्न समेत संघर्षरत बार्सिलोनाले प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ ।
टोटनहमको पछिल्लो केही सिजन खराब रहृयो । तर २०२१-२२ मा अपेक्षा त्यस्तो धेरै थिएन । अन्य प्रशिक्षकहरू आउन नमानेपछि टोटनहमले नुनो स्पिरितो सान्तोलाई प्रशिक्षक बनाएको थियो । उनको प्रशिक्षणमा क्लबले सिजनको सुरुआती तीन खेल १-० कै अन्तरमा भए पनि जितेको थियो ।तर त्यसपछि टिमको प्रदर्शन खस्कियो ।
मासिमिलियानो अलेग्रीको आगमनपछि टुरिनमा चलिरेको तुफान रोकिने अड्काल थियो । तर त्यसो भएन ।च्याम्पियन्स लिगमा उनीहरूले राम्रो प्रदर्शन गरेपछि घरेलु लिगमा भने अवस्था चिन्ताजनक देखिन्छ । सिरी ए को लिग लिडर नापोलीभन्दा युभेन्ट्सको अंक आधा कम छ । ११ खेलबाट जम्मा १५ अंक जोडेको छ । अंकतालिकामा नवौं स्थानमा छ ।
युनाइटेडको लज्जास्पद हार राफेल भारन, जाडोन सान्चो र क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गरेपछि म्यानचेष्टर युनाइटेडलाई प्रिमियर लिगको उपाधि दाबेदारको रुपमा हेरिएको थियो ।तर त्यो हुन सकेको छैन । बरु रेड डेभिल्सले बायाँ, दायाँ र केन्द्रमा अंक गुमाएको छ र घरेलु मैदानमै लिभरपुलसँग ५-० को अपमानजनक हार बेहोरेको छ ।एक प्रकारले भन्दा युनाइटेडको पहिचान नै संकटमा परेको छ । पाका उमेरका रोनाल्डो र तेज तथा युवा अग्रपंतिले पनि त्यो संकट टार्न सकेका छैनन् ।
डरलाग्दो सुरुआतपछि इन्टर मियामीले केही सुधार गरेको थियो । तर न्यूयोर्क सिटीसँग यसै साता घरेलु मैदानमा ३-१ ले पराजित भएपछि अन्ततः इन्टर मियामीले एमएलएस प्लेअफ पुग्न असफल भएको छ ।
डेभिड बेकहम र उनको टिमले टोली विस्तार गर्दा यस्तो सोचेका थिएनन् । तर फिल नेभिलको पोष्ट सिजनमा समेत पुग्न सकेन । २०२२ भन्दा अगाडि अफ सिजनमा गर्नका लागि काम छ । इन्टर मियामीसँग उच्च अपेक्षा र धेरै महत्वाकांक्षा छन्, तर यो नयाँ टोलीका लागि डरलाग्दो सुरुआत भएको छ ।