शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सर्वसाधारण भन्छन् : न्याय दिने न्यायाधीशहरू आन्दोलनमा उत्रिदा न्याय कसले दिने ?


  • मंगलबार, कार्तिक १६ २०७८
7.7K
SHARES

फाईल तस्बिर

सर्वोच्च अदालतमा अहिले प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराको राजीनामा माग्दै सातादेखि इजलास नबसी न्यायाधीशहरू आन्दोलनमा छन् । जसको सिधा असर आम नेपाली सर्वसाधारणलाई पर्न गएको छ ।

जनताको पसिनाबाट आएको पैसाले तलब सुविधा लिने न्यायाधीशहरुले इजलास बहिस्कार गर्ने हो भने न्याय कसले दिने भन्दै सर्वसाधारणले विभिन्न माध्यमबाट गुनासो पोख्ने क्रम जारी छ ।

न्यायमुर्तीहरु आन्दोलनमा उत्रिएर न्याय नै धरापमा परेको बुझाई आम सर्वसाधारणको रहेको छ । प्रधान न्यायाधीश राणाको राजीनामा मागिएको छ । प्रधानन्यायाधीशे मन्त्रीमण्डल बिस्तारमा भाग खोजेको आरोप उनलाई लाग्दै आएको छ  । प्रधान न्यायाधीश राणा भने भागबन्डा मागेको आरोप निराधार र झुटो रहेको बताउँदै संवैधानिक तवरबाट आफू आएको कारण कुनै हालतमा राजीनामा दिएर नजाने बताउँछन् ।

नेपाल बार र सर्वोच्चमा रहेका २० मध्य १९ न्यायाधीशहरू प्रधानन्यायाधीशको विपक्षमा उत्रीए पछि चोलेन्द्रले सम्मानजनक बहिर्गमन चाहेको बताएका छन्  । सो बताए सँगै ३ जना न्यायाधीशहरू राणा सँग बर्तामा छन् । तर प्रधानन्यायाधीश राणा राजीनामा दिने मुडमा छैनन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले सर्वोच्चका तीन न्यायाधीशसँग सम्मानजनक बहिर्गमनको प्रष्ट खाका सेयर गरेका छन्। सोमबार साँझ उनलाई भेट्न गएका सर्वोच्च अदालतका न्यायाधीशहरू अनिल सिन्हा, सपना मल्ल प्रधान र मनोज शर्मासँग सम्मानजनक बहिर्गमनको प्रष्ट बाटो बताएका हुन्।

प्रधान्यायाधीशले सम्मानजनक बहिर्गमनबारे गरेको उक्त कुरा आफूले मंगलबार सहकर्मीहरूको छलफलमा मात्रै भन्ने न्यायाधीश मल्लले जानकारी दिइन्।

भेट्न गएका तीनै न्यायाधीशहरूले प्रधानन्यायाधीशले के भने भन्ने कुरा छलफल अघि कसैलाई नभन्ने तय गरेको पनि उनले बताइन्। ‘हामीसँग प्रधानन्यायाधीशले ग्रेसफूल एक्जिटबारे प्रष्ट रोडम्याप बताउनुभएको छ। हामीले त्यो कुरा हाम्रा साथीहरूसँगको छलफलमा मात्र भन्ने कुरा भएको छ,’ न्यायाधीश मल्लले भनिन्, ‘हामीलाई न्यायालयको स्वतन्त्रता जोगाउने र सेवाग्राहीको न्यायको हक जोगाउने जिम्मेवारी छ। त्यसैले एकजुट भएर अघि बढ्ने वातावरण बनाउन लागेका छौं।’

प्रधानन्यायाधीश राणाको सम्मानजनक बहिर्गमनु गराउने जिम्मा वार्ताकार न्यायाधीशहरूले नै पाएका छन्।

आफ्नो राजीनामा माग्दै सातादेखि इजलास नबसी छलफलमा जुटेका न्यायाधीशहरूलाई आइतबार प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमनको प्रस्ताव पठाएका थिए। न्यायाधीश मनोज शर्मामार्फत पठाएको उक्त प्रस्ताव प्रष्ट थिएन।

केही दिनदेखि नै बन्दीका मुद्दा हेर्नुपर्ने छलफलमा कतिपयले प्रस्ताव राखेका थिए। यस्तो प्रस्ताव न्यायाधीश शर्मा, कुमार रेग्मी, वमकुमार श्रेष्ठ, प्रकाश ढुंगानालगायतको थियो। तर सिनियर न्यायाधीशहरू सहमत थिएनन्। प्रधानन्यायाधीशले आइतबार सम्मानजनक बहिर्गमनको प्रस्ताव पठाएपछि भने उनले इजलास छोड्नुपर्ने अडान न्यायाधीशहरूले राखे।

आइतबार साँझ प्रधानन्यायाधीश राणासँग उनले इजलास छोडे बन्दिका मात्र मुद्दा हेर्ने न्यायाधीशहरुको अडान राख्न र उनको प्रस्तावबारे बुझ्न तीन न्यायाधीशहरू भेट्न गए।

उनीहरूसँग प्रधानन्यायाधीशले आफूले केही सुधार गर्न चाहेकाले त्यसको लागि समय चाहिने अडान राखे।

‘मैले न्यायालयमा केही सुधारका काम गर्नुछ। ती काम गर्न केही समय लाग्ला। त्यसपछि म छोड्छु,’ राणालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर जबर्जस्ती म राजीनामा गर्दिनँ, संविधानको प्रक्रियाअनुसार छाड्छु।’

आइतबार उनीहरूले आफ्ना कुरा राखे र सम्मानजनक बहिर्गमनबारे प्रष्ट्याउन प्रधानन्यायाधीशलाई समय दिएर फर्के।

सोमबार प्रधानन्यायाधीश राणाले आफ्ना लागि पेशी तोकेनन्। अरू १० न्यायाधीशलाई बन्दीका मुद्दा हेर्न ६ वटा पेशी तोके। त्यसपछि भने न्यायाधीशहरूले इजलास बसेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा