शनिबार, साउन ३० २०८३
ताजा अपडेट

कुनै दिन बार्सिलोनामा नै फर्कने मेस्सीको चाहना


  • मंगलबार, कार्तिक १६ २०७८
8.4K
SHARES

फाइल तस्विर

मेस्सीले फुटबल सन्यास लिएपछि प्राविधिक सेक्रेटरीको पदमा बार्सिलोनामै फर्किएर क्लबलाई सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् । अर्जेन्टिनी स्टारले क्याटालान टोलीसँग २१ वर्ष बिताउँदै आफूलाई विश्वकै उत्कृष्ट खेलाडीका रुपमा स्थापित गर्न सफल भएका थिए ।
हाल पेरिस सेन्ट जर्मेनमा रहेका मेस्सीको मन भने अझै क्याम्प नाउमा रहेको देखिएको छ । आफ्नो करियर अन्त्य भएपछि उनले कुनै न कुनै रुपमा बार्सामा नै फर्किने योजना पनि बनाउन सुरु गरिसकेका छन् ।

स्पोर्टसँगको अन्तरवार्तामा मेस्सीलाई ‘कुनै दिन बार्सिलोना फर्कने योजना छ कि छैन रु भनेर सोधिएको थियो । जवाफमा मेस्सीले भने, ‘छ, मैले जहिले पनि भनेको छु कि म क्लबलाई सहयोग गर्न खुसी हुनेछु । म कुनै दिन प्राविधिक सेक्रेटरी बन्न चाहन्छु । यदि सम्भव छ भने म पुनः क्लबलाई योगदान दिन चाहन्छु ।

मेस्सीले गत अगस्तमा पीएसजीसँग एक वर्षको करार गरेका थिए । यसमा करारलाई थप एक वर्ष नवीकरण गर्ने विकल्प रहेको छ । उनले पीएसजी नै आफ्नो अन्तिम क्लब हुने भनेर बताएका छैनन् । उनले आफ्नो करियर बाल्यकालको क्लब न्युवेल्स ओल्ड ब्वाइजमा बिताउन चाहेको पनि कयौँ पटक बताएका छन् ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा