नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड एमालेले चितवनमा महाधिवेशन गर्न खोजेकोमा दन्त्यकथामा सरोफेरो सप्पै मेरो भनेजस्तो गरेको आरोप लगाएका छन् ।
चितवनमा पार्टीको भरतपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लाएका हुन् ।
ओलीले चितवनमा महाधिवेशन गर्ने भन्दा प्रचण्डका सातो गएको बताए।
‘हामीले चितवनमा महाधिवेशन गर्ने के भन्याथ्यौं, गाउँ खाने कथामा जस्तो सरोफेरो सप्पै मेरोजस्तो पो गर्न खोजे,’ उनले भने, ‘हामीले महाधिवेशन कहिले बुटवलमा गर्यौं, कहिले नेपालगञ्जमा गर्यौं, अहिले चितवनमा गर्ने भनेका न हौं। महाधिवेशन नगरेको भए आफैंले जित्ने जस्तो पो गर्दैछन्।’
उनले प्रचण्डबाट जनता र आफूले धेरै धोका खाएको भन्दै झन्डै दुई तिहाइ पुगेको कम्युनिष्ट पार्टीलाई ध्वस्त बनाउने मान्छेलाई जनताले चिनिसकेको बताए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।