शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काँग्रेसले छोरी बोक्यो भनेर बाबुनै बोकेको नमज्जाले फसियो : ओली


  • मंगलबार, कार्तिक १६ २०७८
7.1K
SHARES

फाइल तस्विर

नेकपा एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोक्न खोज्दा फसेको बताएका छन्। उनले भनेका छन् काँग्रेसले छोरी बोक्यो भनेर अफु हरुले बाबु बोकेको  नमज्जाले फसियो भन्ने अभिव्यक्ति दिएर प्रचण्ड प्रति कटाक्ष गरेका छन् ।

चितवनमा पार्टीको भरतपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले प्रचण्डलाई बोकेर हिँड्दा फसेको भन्दै अब गल्ती नदोहोर्‍याउने बताए।

गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई समर्थन गरेपछि ओलीले भरतपुरमा भाषण गर्दै ‘काँग्रेसले माओवादीको छोरी बोकेको’ टिप्पणी गरेका थिए।

त्यसको केही महिनापछि भएको संसदीय निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र बिच चुनावी गठबन्धन भएको थियो। पछि दुई पार्टी एकीकरण भएर नेकपा बनेको थियो।

ओलीले चितवनमा महाधिवेशन गर्ने भन्दा प्रचण्डका सातो गएको बताए।

‘हामीले चितवनमा महाधिवेशन गर्ने के भन्याथ्यौं, गाउँ खाने कथामा जस्तो सरोफेरो सप्पै मेरोजस्तो पो गर्न खोजे,’ उनले भने, ‘हामीले महाधिवेशन कहिले बुटवलमा गर्‍यौं, कहिले नेपालगञ्जमा गर्‍यौं, अहिले चितवनमा गर्ने भनेका न हौं। महाधिवेशन नगरेको भए आफैंले जित्ने जस्तो पो गर्दैछन्।’

उनले प्रचण्डबाट जनता र आफूले धेरै धोका खाएको भन्दै झन्डै दुई तिहाइ पुगेको कम्युनिष्ट पार्टीलाई ध्वस्त बनाउने मान्छेलाई जनताले चिनिसकेको बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा