शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

ओली र प्रचण्ड दुई नेता मध्य को राष्ट्रवादी ?


  • सोमबार, कार्तिक १५ २०७८
10.4K
SHARES

फाइल तस्विर

ओली र प्रचण्ड दुई नेता मध्य को राष्ट्रवादी भन्ने प्रश्न बडो कठिन होला। दुवै नेता नेपाली राजनैतिक आन्दोलनमा ठुलो भूमिका भएका नेता हुन् ।

दुवै नेता कम्युनिष्ट हुन । बर्तमान अबस्थामा नेकपा एमालेको अध्यक्ष तथा प्रमुख प्रतिपक्षको भुमिकामा केपी ओली आइपुगेका छन् भने सत्ता साझेदारको रुपमा माओबादी केन्द्रको अध्यक्षको रुपमा प्रचण्ड छन् ।

एकताका बाम गठबन्धन गरेर लगभग दुइ तिहाँई नजिक  पुगेको नेकपा रहँदा ताका दुबै नेताको दोस्ती राम्रै देखिन्थ्यो । तर अहिले समय फेरिएको छ । दुई पार्टी एक भएको नेकपा टुटेंसगै प्रचण्ड र ओलीको सम्बन्ध पनि टुटेको छ ।

अहिले ओलीले प्रचण्डलाई र प्रचण्डले ओलीलाई गाली गरेर भाषणको समय  खर्चिन्छन् । कम्युनिस्टहरू एक भएर संवृद्ध नेपालको सपना देख्ने समयमा टुक्रिएर जनतामा दुवै नेताले निष्कलङ्क छवि देखाउन भने सकेका छैनन् ।

दश बर्षे जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्डबाट झनै धेरै जनताले आस गरेका थिए तर प्रचण्ड पनि खरो उत्रिन भने सकेनन् । खरो उत्रिन नसकेपनि अहिलेको परिवर्तनका एक संभाहक प्रचण्ड नै हुन ।

ओलीको योगदान पनि सामान्य छैन । झापा आन्दोलन देखि लिएर मुलुक र जनताको लागि १४ बर्ष जेल जीवन बिताएका ओली पछिल्लो समय अहङ्कारी बनेको आरोप छ ।

लगभग दुईतिहाइ सरकारको नेतृत्वमा पुगेका केपी ओली आफ्नै अहङ्कारका कारण सत्ता च्युत हुनु परेको आरोप समेत ओलीलाई लाग्ने गरेको छ । ओलीको कार्यकालमा उनकै पहलमा बनेको नेकपा टुटाउन ओलीको भूमिकामा प्रश्न समेत उठेको छ ।

दुवै नेताले सार्बजनीक भाषणमा जनताको सेवालाई सर्वोपरि भन्छन् तर दुवै नेता प्रधानमन्त्री पदका लागि दौडिए जस्तो देखिन्छ ।
दुबै नेताको योगदान देश प्रति उत्तिकै भए पनि पदको स्वार्थका कारण आफु अनुकुल देश र जनतालाई व्याख्या गर्न खोजेको देखिन्छ । त्यसैले दुवै नेताले आफ्नू पद र प्रतिष्ठाको लागि नदौडिएर देश र जनताका लागि मात्र सोच्नु पर्ने अवस्था आएको जनकारहरू बत्ताउँछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा