शुक्रबार, कार्तिक ७ २०८३
ताजा अपडेट

५३३ जनामा कोरोना संक्रमण, ४९० जना निको


  • सोमबार, कार्तिक १५ २०७८
7.9K
SHARES

फाइल तस्विर

पछिल्लो २४ घण्टामा देशभर थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ जना र ४ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५३३ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ भने ४९० जना निको भएका छन् ।

सोमबार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ७ हजार ६३८ पुगेको छ । जसमध्ये हालसम्म ७ लाख ९२ हजार २७७ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ४१६ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार देशभर देशभर ९ हजार ३१८ जना सक्रिय संक्रमित रहेका छन् भने ८ हजार ५९८ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ७२० जना संस्थागत आइसोलेसनमा छन् भने २४१ जना आईसीयू र ७४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा