शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कोइराला परिवारमा काँग्रेस सभापति उठ्नेहरूको लर्को, सुजाता लाई पनि सभापति नै चाहिने !


  • सोमबार, कार्तिक १५ २०७८
9.1K
SHARES

फाइल तस्विर

नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आसन्न महाअधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरे सँगै कोइराला परिवारमा सभापति उठ्नेहरूको लाइन लाग्ने भएको छ । महामन्त्री शशाङ्क कोइराला,केन्द्रीय सदस्य शेखर कोइराला पनि सभापतिमा उठ्ने बताइसकेका छन् ।

विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै सुजाता कोइरालाले सभापतिमा उठ्ने घोषणा गरेकी हुन् ।

गिरिजाप्रसाद कोइरालाले पनि विराटनगरमा आएर महत्त्वपूर्ण कुराको घोषणा गर्ने गरेको स्मरण गर्दै उनले विराटनगरबाटै उम्मेदवार घोषणा गर्ने बताएकी हुन् ।

कोइराला परिवारबाट सभापतिका तीनजना उम्मेदवार देखियो नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले सबैको इच्छा भएको उत्तर दिइन् । ‘उहाँहरू मात्रै होइन अरूले पनि इच्छा देखाउनुभएको छ । म महिला भएकाले सबैले सहयोग गर्नुहुन्छ भन्ने विश्वास लिएकी छु’, उनले भनिन्, ‘कोइराला परिवारमा पनि थप छलफल गर्छौ ।’

केही समयअघि विराटनगरमा आएका डा.शेखर कोइरालाले पनि सभापतिमा उठ्ने बताएका थिए । महामन्त्रीसमेत रहेका शशांक कोइरालाले पनि सभापति उठ्ने बताइरहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा