शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रचण्डको आरोप : म प्रधानमन्त्री हुने अवस्थामा थिए, सर्वोच्चले तत्कालीन नेकपानै फुटाइदियो


  • सोमबार, कार्तिक १५ २०७८
10K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले प्रधानमन्त्री हुने अवस्था आएपछि सर्वोच्चले तत्कालीन नेकपा नै फुटाइदिएको आरोप लगाएका छन् ।

सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बौल्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् ।

उनले ओली गणतन्त्र उल्ट्याउन लागि परेको समेत अर्को आरोप लगाएका छन् । प्रचण्डले भने अस्ति त ज्ञानेन्द्रका केही मान्छेहरुसँग भेटघाट गरेको सूचना मैले पाएँ । गणतन्त्र मलाई जिन्दगीभरी मन परेको होइन, बाध्य भएर स्वीकार गरेको हो । त्यसकरण मौका आयो भने उल्ट्याउने हो भनेर भनेछन् । तपाईंहरू विचार गर्नुहोला स्थिति कहाँसम्म पुग्या रहेछ ।

माओवादी अलिकति शिथिल हुँदा सम्पूर्ण परिवर्तन नै उल्ट्याउने प्रयत्न भएको भन्दै उनले त्यसकाविरूद्ध सचेत हुनुपर्ने बताए ।

‘अलिकति हामी शिथिल हुँदा, माओवादी विभाजित हुँदा र पार्टीका नेता कार्यकर्ताहरु अलिकति व्यक्तिगत काममा लाग्दा वा विचारमा, राजनीतिमा, संगठनमा जसरी लाग्नु पर्ने हो, त्यसरी नलाग्दा, हिजो हामीसँग बाध्य भएर सम्झौता गर्नेहरुले सोचे अब माओवादी सकिन थालेको छ, यही बेलामा यो संविधान पनि च्यात्ने, संघीय लोकतान्त्रिक गणतन्त्र पनि घाँडो हो, यसलाई पनि हटाउनु पर्छ, धर्म निरपेक्ष पनि ठीक छैन, समावेशी समानुपातिक भनेर दलित, महिला, जनजाति, मधेशी, मुस्लिम सबैलाई राज्य संयन्त्रमा तलदेखि माथिसम्म प्रतिनिधित्व गराउने यो माओवादी हो,’दाहालले भने, ‘ओली प्रवृति भन्छौँ नि हामी गत सालदेखि, नयाँ खालको एउटा कम्युनिस्ट नामधारी प्रतिक्रियावादी, प्रतिगमनकारी, प्रतिक्रान्तिकारीविरुद्ध लड्न बाध्य भइयो हामी’, उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा