शनिबार, साउन ३० २०८३
ताजा अपडेट

शेरबहादुरजी प्रधानमन्त्री भएको कुुरा मैले सेटिङ मान्दिनँ, उहाँ संविधानत प्रधानमन्त्री बन्नु भएको हो : पौडेल


  • सोमबार, कार्तिक १५ २०७८
8.3K
SHARES

तस्विरः फाइल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको ब्याख्या अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री भएको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा सोमबार विहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले देउवा सेटिङमा प्रधानमन्त्री भएको कुुरा आफूले नमान्ने बताए ।

शेरबहादुर देउवा सेटिङमा प्रधानमन्त्री बनेको भन्ने प्रश्नमा पौडेलले भने, ‘उहाँ संविधानत प्रधानमन्त्री बन्नु भएको हो । उहाँ प्रधानमन्त्री भएको कुुरा मैले सेटिङ मान्दिनँ । केपी ओलीजीले पटक पटक संसद विघटन गरी सरकार बन्ने बाटो बन्द गर्न खोजेपछि सर्वोच्च अदालतले संविधानको ब्याख्या गर्दै जाँदा शेरबहादुरजी प्रधानमन्त्री बन्नु भएको हो । त्यसमा सेटिङको कुरा छैन ।’

असार २८ गते सर्वोच्चको परमादेश पछि काँग्रेस सभापति देउवा प्रधानमन्त्री बनेका थिए । तर संवैधानिक परिषदमा भने सेटिङ भएका भन्दै त्यसको खोजी नीति हुनैपर्ने उनको भनाइ थियो ।

उनले मुलुकमा अझै लोकतन्त्र रक्षाका लागि संघर्ष गर्नुपर्ने बताए । ‘काँग्रेसलाई कसरी नेपाली जनताको भरोसाको केन्द्र बनाऊ र लोकतन्त्रको वारेस काँग्रेसलाई कसरी बनाएर लोकतन्त्रलाई सुनिश्चित गर्ने भन्ने छ । यो मुलुकमा अझै लोकतन्त्र रक्षाका लागि संघर्ष गर्नुपर्छ भन्ने मैले अनुभूति गरेको छु,’ उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा