शुक्रबार, कार्तिक ७ २०८३
ताजा अपडेट

ओलीको पालामा भ्रष्टाचारले सीमा नाघ्यो, जनताको पसिनाको पैसाले बालुवाटार भित्रै हेलिप्याड निर्माण गरे : नेपाल


  • सोमबार, कार्तिक १५ २०७८
5.6K
SHARES

फाइल तस्विर

एकिकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढदै गएकोमा चिन्ता व्यक्त गरेका छन्।

आइतबार समाजवादी इन्जिनियरिङ एसोसिएसनको प्रथम राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष नेपालले देशमा भ्रष्टाचार बढेकोप्रति चिन्ता व्यक्त गरेका हुन्। उनले अहिले देशमा सबैतिर भ्रष्टाचारले सीमा नाघेको बताए।

अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भ्रष्टाचारले सीमा नाघेको दाबी गरे।

अध्यक्ष नेपालले भने, ‘म देशको प्रधानमन्त्री भएँ, त्यस्तो देखेको थिइनँ, अहिले त्यो सुन्दा सुन्दा दिक्क भइरहेछ, कति भ्रष्ट भइसकेछ हाम्रो यो सिस्टम, अरुले त अलिअलि गरे होला, तर सबैभन्दा भ्रष्ट हाम्रो केपीजीको पालोमा भ्रष्टाचारले सीमा नाघ्यो, गफमा भ्रष्टाचार गर्दिन, गरेको पनि सहँदिन, गफ,  यस्ता गफाडीहरुको हातमा यो देश गयो, अनुसन्धानको खाँचो छ, नयाँ सोच, विचारको खाँचो छ,हामी यो देशलाई राम्रो दिशामा लैजान चाहन्छौँ,हाम्रो देश किन्न बन्न सकेन सोच्नुपर्छ’, उनले भने, ‘हामीले एजेण्डा बनाएर काम गरौँ, कहाँ हाम्रो समस्या छ, खोजौँ, काम गरौँ देश बनाऔँ । यस्तो गरिब देश छ नेपाल, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल जान सकिन्न, बालुवाटरमै हेलिप्याड चाहिन्छ। त्यहाँबाट १० मिनेटमा एयरपोर्ट पुगिन्छ, करोडौं रुपैयाँ खर्च गर्ने हो? राष्ट्रपति भवनमा अर्को हेलिप्याड बनाउने कुरो भइरहेको रहेछ, हेलिप्याड बनाउने हो ? म त्यसको बिरोधी हुँ, जानुपर्छ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल टाढा पनि छैन। जनताको पसिना बगाएको पैसा कसरी सदुपयोग गर्ने भनेर चिन्ता चासो छैन, देश बनाउन मन पोल्नु पर्‍यो।’

अध्यक्ष नेपालले राष्ट्रपति भवनमा समेत हेलिप्याड बनाउने कुरा चलिरहेको भन्दै हेलिप्याड बनाउने कुरामा आफ्नो बिरोध रहेको बताए। उनले देश बनाउन सामाजिक क्षेत्रबाट महाअभियान शुरु गर्नुपर्ने बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा