बितेको २४ घण्टामा देशभर ४०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५१८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८९९ जनामा गरिएको कोरोना परीक्षणमा ४०८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ८ जनाले ज्यान गुमाएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ जना रहेको छ भने निको हुने दर ९७.४ प्रतिशत रहेको छ । यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १२ हजार ५७० र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ५३५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ७ लाख ९१ हजार ७८७ जना निको भएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।