शनिबार, साउन ९ २०८३
ताजा अपडेट

चोलेन्द्र शमशेर जबराको राजीनामा अपरिहार्य : अधिवक्ता शम्भु थापा


  • आइतबार, कार्तिक १४ २०७८
6.7K
SHARES

फाईल-तस्बिर

नेपाल बार एसोसिएशनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा अपरिहार्य रहेको बताएका छन् । आइतबार बार एसोसिएशनले आयोजना गरेको धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले आफूहरुले अहिले विनम्रतापूर्वक राजीनामा माग गरेको प्रस्ट पारे ।

उनले भने, न्यायालय भनेको पशुपतिनाथजस्तै पवित्र संस्था रहेको उनले बताए । उनले भने, ‘न्यायालय पशुपतिनाथ जस्तै हो । त्योभित्रको तपाई (प्रधानन्यायाधीश) मुल भट्ट हो । मुल भट्टले पूजा गर्नुपर्ने जुन विधि, प्रक्रिया हो, त्यो अनुसार जसरी पशुपतिनाथको पूजा अर्चना गरिन्छ, तपाई (प्रधानन्यायाधीश)ले त्यसरी न्यायालयको पूजा गर्नुभएको छैन त्यसकारण तपाईले पदबाट राजीनामा दिनुपर्छ भनेर भनेका छौं ।

आफूहरुले प्रधानन्यायाधीशको व्यक्तिगत कुरा नगरेको पनि उनले बताए । ‘हामीले न्यायालयलाई पूजा गरिरहेका छौं । न्यायालयभित्र तपाईको भूमिका ठिक भएन भनिरहेका छौं,’ उनले भने, ‘तपाई (प्रधानन्यायाधीश) एक वर्ष बस्नुहुन्छ ? आफ्नो कार्यकालभरि बस्नु हुन्छ ? तपाईको कार्यकालभरि नेपाल बारले कार्यक्रम गर्छ, नेपाल बार फर्किदैन ।’

प्रधानन्यायाधीश जबराले न्यायालयमा विद्यमान दुषित प्रक्रियालाई बन्द गर्न नसकेको र सधैँभरि त्यसलाई टार्ने हिसाबबाट अघि बढेको वरिष्ठ अधिवक्ता थापाको आरोप छ । ‘इजलासमा म बस्दिनँ भनेर प्रधानन्यायाधीशले घोषणा गरेको मुद्दासम्म सुनुवाइमा राख्न सक्दैनन् भने यी प्रधानन्यायाधीशलाई प्रधानन्यायाधीशको हैसियतमा हामीले मानिरहनुपर्ने कुरा छैन,’ उनले भने ।

थापाले सेवाग्राही जत्तिकै कानुन व्यवसायी पनि मर्कामा रहेको बताए । उनले भने, ‘अदालतका दुईवटा पाङ्ग्रामध्ये हामी एउटा पाङ्ग्रा हौं । टोटल बार त अफिसर अफ दि कोर्टभन्दा पनि ठुलो हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा