बार एशोसिएसनको परिसरमा कुटिएका अधिवक्ता भूमिनन्द चुडाल सेतो पट्टी बाँधेर प्रदर्शनमा उत्रीएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले कालोपट्टी मागेर प्रदर्शन गरिरहेको बेला एउटा समूहले हातमा सेतोपट्टी बाँधेर प्रदर्शन गरेको छ । कसैकसैले कालो र सेतोपट्टी दुबै बाँधेर प्रदर्शन गरेका छन् ।
नेपाल बारका केही कुरामा सहमति र केही कुरामा असहमति भएकाले कालो र सेतो दुबै पट्टी बाँधेर प्रदर्शन गरेको उनीहरुले बताएका छन् ।
प्रधानन्यायाधीशको राजीनामा माग्दै कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा बहस पैरवी रोकेका छन् । न्यायाधीशहरुले पनि इजलास बहिस्कार गरेका छन् ।
यसको विरोधमा अभिव्यक्ति दिँदा अधिवक्ता चुडाल बार एशोसिएसनको परिसरमा कुटिएका थिए । उनी पनि सेतो पट्टी बाँधेर प्रदर्शनमा सहभागी भएको देखिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।