शनिबार, साउन ९ २०८३
ताजा अपडेट

देश बनाउन हैन नेता बिगार्न बिचरो माधव नेपाल कुदेको कुदैछन : ओली


  • आइतबार, कार्तिक १४ २०७८
9.4K
SHARES

फाईल तस्बिर

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल देश बनाउन नभई नेता बिगार्न देशभर कुदेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा एमालेको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममाकार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

‘बिचरो माधव नेपाल कुदेको देखेर माया लाग्छ। कहिले पोखरा, कहिले धनकुटा, कहिले बागलुङ कहिले कहाँ। तपाईंहरूलाई  किन थाहा छ ? यो एमालेलाई बिगार्न,’ ओलीले भने,’ किन सिध्याउने भन्दा यो साढे तीन वर्ष सरकार चलाउँदा अचम्मै गर्‍यो।

कोभिड महामारीमा विकास भएको छ, धरहरा उठेको छ, एकीकृत बस्ती निर्माण भइरहेको छ, बाटो निर्माण भइरहेको छ। अस्पताल बनेको छ। एमालेले सिध्याउने भो भनेर भतभत् पोल्यो। हाम्रो विकास देखेर हाम्रा विरोधीहरू आत्तिए। एमाले विरोधी भनेको देशविरोधी हो।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा