शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

नेपालमा इन्डक्सनमा खाना पकाएर खानु दन्त्य कथा थियो, कुलमानले पुरा गरी छाडे


  • आइतबार, कार्तिक १४ २०७८
16.4K
SHARES

फाइल तस्विर

केही वर्ष अघि सम्म इन्डक्सनमा खाना पकाउने कुरा पत्याउनै नसकिने दन्त्य कथा जस्तै थियो । २४ घण्टामा १८-१९ घण्टा लोडसेडिङ हुने मुलुकमा इन्डक्सनमा खाना पकाउने कुरै थिएन । तर अहिले बिद्युत् चुलोबाट खाना पकाउनु सामान्य जस्तै हुन थालेको छ ।

यसबाट प्रस्ट हुन्छ काम गर्ने इच्छा शक्ति भएका मान्छे आए भने असम्भव केही छैन । कुलमानले उज्यालो नेपाल मात्र हैन अब बिद्युत्बाट खाना पकाउने सम्मको सुविधा दिने भएका छन् ।

समय बदलियो, अवस्थामा परिवर्तन आयो। क्रमशः लोडसेडिङको अन्त्य भयो। तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले काठमाडौं उपयत्यकामा र क्रमशः देशका अन्य स्थानमा लोडसेडिङ हटायो।

त्यसपछिका सरकारले त्यसलाई क्रमशः अगाडि बढाए। अघिल्लो पटक तत्कालीन ऊर्जा मन्त्री वर्षमान पुनले बिजुलीको महसुल घटाउने पहल गरे। यसपटक सोही मन्त्रालयको जिम्मेवारी सम्हालेको दिनदेखि नै मन्त्री पम्फा भुसालले एउटा नारा दिइन्।

त्यो नारा थियो ‘विदेशी ग्यास छाडौं, स्वदेशी बिजुली प्रयोग गरौं।’ केही वर्ष पहिलेसम्म बिजुली बाल्ने कुरा नै नेपालीका लागि ठूलो थियो।

पछिल्ला दिनमा माथिल्लो तामाकोशीलगायतका आयोजना नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा थप भएपछि वर्षायाममा मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ। अब मागअनुसार बिजुली उपलब्ध हुने अवस्था सिर्जना भएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा