शुक्रबार, कार्तिक ७ २०८३
ताजा अपडेट

पासपोर्ट बनाउनेको थामी नसक्नु भिड, राति १ बजे देखि लाइनमा छन् मान्छे


  • आइतबार, कार्तिक १४ २०७८
14.7K
SHARES

फाइल तस्विर

पासपोर्ट बनाउनेको थामी नसक्नु भिड देखिएको छ । आइतबार बिहानैदेखि राहदानी विभागमा पासपोर्ट (एमआरपी) बनाउनेको भीड देखिएको हो ।

नारायणहिटीको दक्षिण गेटमा दोहोरो लाइन छ । राहदानी विभागले मंगलबारपछि आज टोकन बाढ्दैछ । बुधबार, विहीबार र शुक्रबार मंगलबार टोकन लिएकाहरुले एमआरपी बनाउने पालो थियो । आइएलटिस रिजल्ट र इडिभी भर्नेहरुले पासपोर्ट बनान लागेकाले राहदानी विभागमा थेगिनसक्नु भीड छ ।

साथै एमआरपी नवीकरण गर्नेहरुको घुइँचो पनि उस्तै छ । आज बिहान १ बजेदेखि मान्छेहरूको लाइनमा छन् । बच्चा काखमा बोकेर मान्छेहरु लाइन बसेको अवस्था छ ।

विभागले दैनिक ६ सयसम्म टोकन दिने गरेको भएपनि आइतबार करिब दुई हजार मान्छे लाइनमा बसेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा