शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एमालेमा बस्ने भिम रावल लगायतको हरिबिजोग हुनेवाला छ : नेपाल


  • शुक्रबार, कार्तिक १२ २०७८
14.8K
SHARES

तस्विरः फाइल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमा रहेका नेताहरूलाई एकीकृत समाजवादीमा आउन आग्रह गरेका छन्।

पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा उनले एमालेमा बस्नेहरूको भविष्य नभएको पनि बताए।

एमालेमा बसेका १० स्थायी कमिटी सदस्यको भविष्य उक्त पार्टीमा नरहेको दाबी गर्दै अध्यक्ष नेपालले समाजवादीमा आउन आग्रह गरेका छन्।

अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाललगायत १० स्थायी कमिटी सदस्य पहिले नेता नेपालतिर थिए भने नेपालले पार्टी विभाजन गरेपछि उनीहरू एमालेमै सक्रिय रहेका थिए।

‘एमालेमा बस्नेहरूको हरिबिजोग हुनेवाला छ, त्यहाँ बस्ने मान्छेको बेहाल छ,’ अध्यक्ष नेपालले भने, ‘एमालेको भविष्य नै छैन, खत्तम छ।’

अब हुने निर्वाचनपछि एमालेलाई टर्च बालेर खोज्नुपर्ने दाबी उनको छ। उनले एमालेसँग पार्टी एकता नहुने पनि बताए।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै ओलीमा कम्युनिष्ट आदर्शसमेत नभएको आरोप लगाएका छन्। ‘एमालेमा रहेका मानिसहरू निजी कम्पनीको सदस्यजस्तै हुन्छन्,’ उनले भने।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा