नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचन पछि एमालेलाई टर्च बालेर खोज्नु पर्ने अवस्था आउने दावी गरे गरेका छन् । ‘
हामीले गठन गरेको समाजवादीमा आकर्षण बढिरहेको छ,समाजवादी नै सच्चा कम्युनिस्ट भएको जनाको बुझाइ छ,’ उनले भने,‘हामीसँग सही विचार र देशलाई माया गर्ने संकल्प छ, अहिले समाजवादीलाई तथानाम भन्नेहरुलाई आगामी दिनमा टर्च बालेर खोज्ने दिन आउने छ ।’
अध्यक्ष नेपालले एमाले पार्टी अध्यक्ष केपी ओलीसँगै सति जाने थालेको आरोप समेत लगाए । एमाले अध्यक्ष केपी ओलीलाई कम्युनिष्ट पार्टी मन नपर्ने भएकोले उनले एकपक्षीय ढंगले पार्टीमा हैकम जमाएको बताए ।
उनले एकीकृत समाजवादी वास्तविक कम्युनिष्ट पार्टी भएको दाबी गर्दै नेपालमा कम्युनिष्ट पार्टी निर्माणमा लामो समयदेखि संघर्ष गर्दै आएकाको दावी गरे । उनले तीनै तहको निर्वाचन एकै पटक गर्नु पर्ने बताए । तीनै तहको निर्वाचन एकै पटक गर्दा देशलाई आर्थिक भार कम हुने यो नै विकल्प उत्तम हुने उनको भनाइ थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।