शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

बुद्धको जहाजमा पाङ्ग्रा नखुलेको विषयमा पाइलट आङ्गेलु शेर्पा दोषी देखिए


  • शुक्रबार, कार्तिक १२ २०७८
13.2K
SHARES

फाइल तस्विर

गत असोज ११ गते पांग्रा नखुलेर विराटनगरबाट काठमाडौं अवतरण गरिएको बुद्ध एयरको जहाजका पाइलट आङ्गेलु शेर्पालाई ‘दोषी’ देखाइएको छ।

बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको अध्ययन समितिले प्रतिवेदन बुझाउँदै उनलाई दोषी ठहर गरेको हो।

पाइलट शेर्पाले त्यो बेलामा चेकलिस्ट नहेरेका कारण विराटनगरमा अवतरण गर्नुपर्ने जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ।

छानबिन समितिले पाइलटलाई तीन महिना निलम्बन गर्न सिफारिस गरेको छ। छानबिन समितिको उक्त प्रतिवेदन कार्यान्वयनका लागि नागरिक उड्डयन प्राधिकरणले आफ्नो सुरक्षा व्यवस्थापन शाखालाई पत्राचार गरिसकेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा