सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि दिने अनलाइन आवेदन बन्द भएको छ। प्राविधिक समस्या देखिएकाले सेवा बन्द गर्नु परेको यातायात व्यवस्था विभागले बताएको छ।
सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ ।
विभागले अनलाइन प्रणाली मर्मतको कार्य भइरहेको बताएको छ। कोभिड महामारीका कारण ६ महिनादेखि अनलाइन आवेदन प्रणाली बन्द थियो। गत सोमबारदेखि सुरू भएको सेवा पुनः बन्द भएको हो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।