प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा नैतिक सङ्कटमा झनै फस्दै गएका छन् । सर्वोच्चका २० मध्य १९ न्यायाधीश चोलेन्द्रको विपक्षमा उत्रीए संगै राणामा झनै नैतिक सङ्कट चुलिएको हो ।
प्रधानन्यायाधीशसहित सर्वोच्चमा २० न्यायाधीश छन्। अहिले प्रधानन्यायाधीश विरूद्ध १९ न्यायाधीशहरू एकजुट भएका छन्। मन्त्रिपरिषद, संवैधानिक परिषदलगायतमा भाग मागेको, सर्वोच्चले गरेका फैसला देखाएर सौदाबाजी गरेको र गोलाप्रथाद्वारा पेसी तोक्छु भनेर पछि हटेको लगायतका कामकारबाही गरेर प्रधानन्यायाधीशले न्यायिक विचलन गरेको विवाद बढ्दै गएपछि सर्वोच्च अदालतका सात न्यायाधीशले शुक्रबार उनीबारे धारणा बनाउन छलफल गरेका थिए।
आइतबार भने अरू सात न्यायाधीश पनि उनीहरूको छलफलमा सामेल भएका थिए।
दीपक कार्की, मीरा खडका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदी बसेर बारसँग प्रधानन्यायाधीशले सोमबारका लागि बोलाएको फुर्लकोट बैठक बहिष्कार गर्ने निर्णय गरे।
त्यो दिन सर्वोच्चका अरू पाँच न्यायाधीश ईश्वर खतिवडा, अनिल सिन्हा, सपना मल्ल प्रधान, कुमार चुडाल र तेजबहादुर केसी विदामा थिए।
न्यायाधीश चुडाल मंगलबार आएर प्रधानन्यायाधीशविरूद्धको छलफलमा सामेल भए। मंगलबार नै सर्वोच्च अदालतमा अनुपस्थित तीन न्यायाधीशले आफूहरू १५ न्यायाधीशको साथमा रहेको र उनीहरूले गर्ने निर्णयमा सहमति रहने सन्देश पठाए।
त्यस्तै सन्दैश बिहीबार न्यायाधीश केसीले पनि पठाएका छन्। आइतबारदेखि प्रधानन्यायाधीशविरूद्ध जुटेका न्यायाधीशहरूले बुधबार सर्वोच्चका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डित र बिहीबार भैरव लम्सालको निधन भएकाले छलफल स्थगित गरेको जनाएका छन्। बरू उनीहरू शोकप्रस्ताव पारित गर्न फुर्लकोर्टमा बसेका छन्। आइतबार खाजा समयपछि मंगलबारसम्म सर्वोच्चका न्यायाधीशहरू इजलासमा बसेका छैनन्। उनीहरूले पेशीमा भने बेन्च बस्न नभ्याएको जनाएका छन्।